बिरुवा प्रज्ञा प्रतिष्ठान, स्याङ्जाले बिरुवा गाउँपालिकाका विविध लोक संस्कृतिको प्रदर्शनी तथा बृहत लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
`हाम्रो बिरुवा हाम्रो शान, लोक संस्कृतिको संरक्षण हाम्रो अभियान´ भन्ने मुल नारासहित बिरुवा प्रज्ञा प्रतिष्ठानद्वारा बृहत लोक सांस्कृतिक कार्यक्रम गरिने प्रतिष्ठानका अध्यक्ष शंकर बिरही गुरुङले जानकारी दिए ।
स्याङ्जाको बिरुवा गाउँपालिका -८ स्थित मेथाभुरुङ सामुदायिक भवनमा यहि वैशाख २२ गते शनिबार सांस्कृतिक कार्यक्रम गरिने जनाउँदै सांस्कृतिक विविधताले भरिएको बिरुवा गाउँपालिकाको लोक संस्कृतिको संरक्षण साथै प्रवर्द्धनमा टेवा पुराउने उद्देश्यका साथ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।
मौलिक कला र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु स्थानीय सरकारको पनि दायित्व हुने हुँदा प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विविध लोक संस्कृतिको प्रदर्शनी तथा बृहत लोक सांस्कृतिक कार्यक्रमलाई पालिकाले पनि सहजीकरण गर्ने बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका १० हजार बालबालिकालाई आइपिभी खोप लगाइने
नि:शुल्क बाल स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित
ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति
स्याङ्जाका काँग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
गण्डकीका भलिबल खेलाडी स्याङ्जामा सम्मानित
ट्राफिक सप्ताह -२०८१ सम्पन्न
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग