कपिलवस्तुमा एक दम्पती मृत फेला

कपिलवस्तुमा एक दम्पती मृत फेला

death body

बुटवल । कपिलवस्तुको बाणगंगामा एक दम्पती मृत फेला परेका छन् ।

बाणगंगा नगरपालिका– ८ को ढोडेकोलमा बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

६० वर्षका टेकलाल भुसाल र उनकी श्रीमती ५५ वर्षीया जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमान् भ¥याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् । घटना हुँदा घरमा कोही नभएको बताइएको छ । प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds