पोखरा । कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
२५६८ औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि १० गतेसम्म मेला आयोजना गर्न लागिएको क्लबका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए । याङ्जाकोटको पर्यटन प्रवद्र्धन, संस्कृति संरक्षण र युवालाई खेलकुदमार्फत रचनात्मक कार्यमा लगाउने उद्देश्यले मेला गर्न लागिएको उनले बताए ।
मेलामा विभिन्न खेलकुद गतिविधिसहित साँस्कृतिक कार्यक्रम समावेश गरिएको उनले सुनाए । ‘हामीले २५६८ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’
उनका अनुसार मेलामा साँस्कृतिक कार्यक्रम, ठेलो, भलिबल, कुर्चि खेललगायत प्रतियोगिता हुनेछ । भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
ठेलो प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । विजेतालाई नगदको साथमा प्रमाणपत्र, फेटा लगाएर बाजासहित गाउँ परिक्रमा गराइने क्लबका निवर्तमान अध्यक्ष विकास गुरुङले जानकारी दिए । १८ वर्षभन्दा तल उमेर समुहका प्रतियोगीले ठेलो जितेमा थप पुरस्कारको व्यवस्था रहेको उनले सुनाए । साथै, लगातार ३ वर्ष जित्नेका लागि रनिङ बेल्डको पनि व्यस्था रहेको आयोजकले जनाएको छ । ठेलोमा द्वितियले २० हजार रुपैयाँ पाउनेछन् ।
रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची खेलमा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार पाउनेछन् ।
मेलामा हेर्न जानेहरुका पाहुनालाई खान बस्नका लागि याङ्जाकोटको होमस्टे र होटलमा सहजै व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए । उनले भने, ‘हाम्रो त्यहाँ ११ वटा होमस्टे र २ होटल छ । महोत्सवभर अझ बढि पाहुना आउनुभएमा पनि हामीले व्यवस्थापन गर्नेर्छौ ।’
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह