पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट

पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट

Aaglagi Ghar Jalyo

पाल्पा । पाल्पामा आगलागीबाट १६ वटा घरगोठ जलेका छन् । पूर्वखोला गाउँपालिका– ६, हेक्लाङीको बाँसडाँडा, रेडी र खुमडाँडामा गरी १६ घरगोठ जलेर नष्ट भएको हो ।

हिजो बुधबार दिउँसो वनमा लागेको आगो बेलुकीपख गाउँमा पस्दा घरहरू जलेका हुन् । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, पैसा सबै जलेको पीडितले बताएका छन् ।

स्थानीय बासिन्दा, प्रहरी, सेनाको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds