बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट

आगलागीबाट क्षति

बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट

गोठ जल्दा २ वटा भैंसी, ३ वटा गाई र ५ वटा बाख्रा मरे

baglung aaglagi (1)

बागलुङ । बागलुङमा आगलागीबाट दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् ।

जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल र यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो । आगलागीमा परी घर धनी दधिराम पौडेल घाइते भएका छन् ।

दिउँसो करिब ३ः४५ बजे टुनिबोट जंगलबाट लागेको आगो राति १०ः३० बजेतिर मात्र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिन सफल भएको छिमेकी जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले जानकारी दिए ।

घाइते पौडेलको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको  शर्माले जानकारी दिए ।

बुधबार दिउँसो डाँडाखेत सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा घर गोठ जलेको हो । गोठ जल्दा २ वटा भैंसी, ३ वटा गाई र ५ वटा बाख्रा मरेको उपप्रमुख बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए।

सामुदायिक बनमा लागेको आगोले डाँडाखेत गाउँ नै जोखिममा रहेको उनले बताए । प्रहरी र स्थानीयले बनमा लागेको आगो नियन्त्रणमा ल्याउन खोजे पनि अहिलेसम्म नियन्त्रणबाट आउन सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds