धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

jalera mritu

धादिङ । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडामा रहेको घट्टेखोला स्थित एउटा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

गएराति करिब ११ः३० बजे ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

आगलागीबाट घरमा भएका अन्नपात र लत्ताकपडा पनि सबै जलेर नष्ट भएको छ ।

यस्तै, गोरखामा आगलागीबाट दुई वटा घर र चार वटा गोठ जलेका छन्। गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन्।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको छ ।

पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ। गोठमा बाँधेको एउटा गाई पनि मरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds