चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

Pokhara Airport Buddha

पोखरा । ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि खुलेको छ । बाक्लो तुवालोका कारण विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको बताए । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए”, उनले भने ।

मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका हुन् । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds