पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति

पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति

aago_gjKC9aYCgu

पोखरा महानगरपालिका– १० अमरसिंहचोक स्थित एक बिजुली पसलको गोदाममा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षति भएको छ ।

पोखरा महानगर–१४ चाउथे बस्ने ४९ वर्षीय ध्रुब मरासिनीले सञ्चालन गरेको सांग्रीला सप्लायर्सको गोदाममा बुधबार बेलुका आगलागी हुँदा ८०–९० लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की प्रहरी अनुसारका संग्रीला सप्लायर्सको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ ।

आगलागीका कारण गोदाममा भएका बिजुलीका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds