ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना घाइते

fire aago aaglagi

काठमाडौँ । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् ।

आइतबार ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा रौतहट घर भएका सञ्जय गिरी, श्रीमती रुपा गिरी, उनीहरूका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरुको किस्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीकाअनुसार उक्त टहरोमा मोबिल स्टोर थियो । डढेको मोबिल एउटा भाँडाबाट अर्को भाँडामा सार्ने बेलामा मोबिल आगोमा परेर आगालागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आगो करिब ४५ मिनेटमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds