सर्वोच्चको संक्षिप्त आदेशलाई आधार मानेर गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गरिएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० र विपक्षमा २७ मत तथा २ मत तटस्थमा परेकोमा संविधान अनुसार आफ्नो मत समेत सुरक्षित नै रहेको स्मरण गराउँदै अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
संविधानको विपरीत सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरिएको भन्दै कांग्रेस सांसदहरुले भने नाराबाजी गर्दै वेल घेराउ गरे । उनीहरूले संसदभित्रै सभामुखमाथि कालो टालो देखाए । काँग्रेसका सांसदहरूले खल्तीमा कालो टालो लिएर गएका थिए ।
मुख्यमन्त्री अधिकारीलाई एमालेको २२, माओवादीको ७ र स्वतन्त्र सांसदको १ मत रहेको छ । यस्तै, विपक्षमा कांग्रेसको २७ मत रहेको हो भने राप्रपा तटस्थ बसेको थियो । मतदानमा ५९ सांसद सहभागी थिए ।
कुल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने अभ्यास यसअघि हुँदै आएको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सरङ्गा सुवेदीको संयुक्त इजलासले बैशाख १७ गते दिएको आदेश अनुसार सभामुखबाहेक ५९ जना सांसदको बहुमत ३० जनाले पुग्ने व्याख्या गरेका थिए।
गण्डकीमा अधिकारी नेतृत्वको सरकार गठन गर्दा सभामुख धिताललाई पनि जोडेको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदलतमा रिट दायर गरेका थिए।
न्यायाधीशद्वयले सभामुखलाई गणना नगर्दा बहुमत पुग्ने भन्दै रिट खारेज गरेपछि त्यही फैसलाका आधारमा सभामुखले बहुमत पुगेको घोषणा गरेका हुन्।
कांग्रेसले भने सभामुखलाई जोडेर बनेको सरकार असंवैधानिक भन्दै आएको छ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले पनि अधिकारी नेतृत्वको सरकार असंवैधानिक तवरबाट बनेको निर्णय गरेको थियो।
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब