गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले मानव अधिकारका सवालमा सबै पक्ष गम्भिर बन्नुपर्ने बताएका छन् ।
गण्डकीका मानवअधिकार कर्मीसँगको भेटमा उनले मानव अधिकारको विषय अत्यन्त गम्भिर विषय रहेको र यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्नेमा जोड दिएका हुन् ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उनले उल्लेख गरे । मानव अधिकार रक्षकको सहजताका लागि, भौतिक संरचना व्यवस्थापनका लागि आफूले समन्वय गर्ने वचनबद्धता प्रकट पनि गरे ।
प्रदेश प्रमुख समक्ष राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय, पोखराका कार्यालय प्रमुख मायादेवी शर्मासहितको टोलीले भेट गरी केन्द्रीय कार्यालय र प्रदेश कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी तथा छलफल गरेका हुन् ।
टोलीमा मानव अधिकार अधिकृत टंक प्रसाद खनाल, खिमलाल सुवेदी, मोहन काफ्लेलगायत सहभागी थिए । उक्त अवसरमा कार्यालय प्रमुख शर्माले आयोगको केन्द्रीय कार्यालयबाट प्रकाशित २३ औं वार्षिक प्रतिवेदन तथा गण्डकी प्रदेशको वार्षिक गतिविधि पुस्तिका २०७९/०८० माननीय प्रदेश प्रमुखलाई हस्तान्तरण गरिन् ।
कार्यालय प्रमुख शर्माले राज्य तहबाट मानव अधिकारको कार्यान्वयनको अवस्थामा सुधार ल्याउनुपर्ने खाँचो औंल्याउँदै द्वन्द्वकालसँग सम्बन्धित मुद्धा सबैभन्दा बढी रहेको उल्लेख गरिन् ।
शर्माले आयोगको कार्यालयको केन्द्रदेखि सबै प्रदेशमा कहिँपनि आफ्नै जग्गा र भवन नरहेको जानकारी गराउँदै भौतिक संरचना लगायतका विषयमा सहयोगको अपेक्षा राखेकी थिइन् ।
सम्बन्धित खबर
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव छैन: उपमहासचिव गुरुङ
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग