वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण

सहयाेग

वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण

सहज ट्राफिक व्यवस्थापनका लागि साथ

traffic kaski (1)

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेटवर्क प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ ।

कास्की ट्राफिकको अनुरोधका आधारमा ६५ थान ट्राफिक व्यवस्थापनका लागि सहयोगी सामाग्री आइतबार वर्ल्ड लिङ्क, पोखराले प्रदान गरेको हो ।

कम्पनीका गण्डकीका पब्लिक रिलेशन म्यानेजर युसफ श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मालाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

म्यानेजर श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ट्राफिकलाई सहयोग गरी सहज ट्राफिक व्यवस्थापनका लागि साथ दिएको बताए ।

प्रहरी निरीक्षक शर्माले पोखरा नगरभित्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई दुर्घटना न्युनिकरण एवं सहज ट्राफिक व्यवस्थापन गर्नको लागि यो सहयोग प्रभावकारी हुने बताए ।

उनले ट्राफिक संकेत बोर्ड, चेकिङ बोर्ड, नो पार्किङ स्ट्याण्ड लगायतका सामाग्री आवश्यक परेकाले सहयोग लिएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ