अनेरास्ववियु कास्कीले गर्‍यो बुद्धिचाल प्रतियोगिता

अनेरास्ववियु कास्कीले गर्‍यो बुद्धिचाल प्रतियोगिता

akhil kaski (1)

पोखरा । अनेरास्ववियु जिल्ला कमिटी कास्कीको खेलकुद विभागले बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ ।

खेलकुद विभागले गरेको बुद्धिचाल प्रतियोगिताको विजेता ईश्वर घिमिरे बनेका छन् । उपविजेता परिवेश थापा र तेस्रो जेनिश गुरुङ भए । प्रतियोगितामा कास्कीका ८९ जना विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय लेखा आयोग अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी कास्की सदस्य सुनिल तिमिल्सिना, विशेष अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य विजय पौडेल, एमाले कास्की जिल्ला कमिटी सदस्य महेन्द्र उपाध्याय, बलराम पहारी साथै अनेरास्ववियु केन्द्रिय सदस्य अनुप लामिछाने, बिनय पराजुली, बिष्णु पोखरेल लगायत उपस्थित थिए ।

अनेरास्ववियु जिल्ला कमिटी कास्कीको अध्यक्ष सन्तोष पोखरेलले अध्यक्षता गरेको कार्यक्रम सागर पौडेलले संयोजन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds