स्याङ्जाको फेदिखोला गाउँपालिका -१ साल्मेडाँडा रामकोट स्थित गोर्खा स्मारकको निर्माण कार्यलाई तीव्रता दिइने भएको छ । निर्माण पश्चात् गोर्खा स्मारक समाधी परिसरको नेपाल र बेलायतका प्रधानमन्त्रीको उपस्थितिमा उद्घाटन गरिने भएको हो ।
पाँचवटा योजना रहेको बृहत परियोजना विभिन्न स्रोतको अभाव र निर्माण समिती बिचको मुद्दा मामिलाका कारण निर्माण कार्य सुस्त गतिमा रहेको थियो । निर्माण थालेको १० वर्षसम्म सुस्त गतिमा अगाडि बढेको गोर्खा स्मारक निर्माण कार्यमा अब भने सबैको चासो गएकाले तिव्र रुप लिने भएको हो ।
गोर्खा स्मारक ट्रस्टमा सन् २०१७ जनवरीबाट निष्क्रिय रहेका अध्यक्ष पदम बहादुर गुरुङलाई हटाई जङ्ग बहादुर गुरुङको नेतृत्वमा समिति बनाएर निर्माण कार्य अगाडि बढाइएको थियो । पदम बहादुर गुरुङले नयाँ समिति बनाएर काम थालेपछी आफैं समितिको अध्यक्ष रहेको भन्दै उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । सोही मुद्दा मामिलाका कारण निर्माण कार्यको गति सुस्त भएको थियो । उच्च अदालत पोखराले गत चैत्र ६ गते पदम बहादुर गुरुङको माग दाबी रिट खारेज गरेपछी गोर्खा स्मारक ट्रस्टले समाधी निर्माणस्थलमै बृहत पत्रकार सम्मेलन तथा सरोकारवालासङ्ग अन्तरक्रिया गर्दै अब निर्माणकार्यलाई तीव्रता दिन आग्रह गरेको थियो ।
गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले सो कार्यक्रममा उच्च अदालतको फैसलाले समितिमा रहेको समस्या समाधान भएको भन्दै निर्माण कार्य सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । उनले गोर्खा स्मारक सबैको सम्पत्ति भएकाले निर्माणमा कुनै कन्जुस्याइँ गर्न नहुने बताए ।
अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश सदस्य सुधिर कुमार पौडेलले पहिलो चरणको समाधी स्थल निर्माण कार्य सकिएको बताउँदै थप अन्य कामहरुको लागि आफुले पनि पहल गर्ने बताए । स्याङ्जा कार्यक्षेत्र भएका गण्डकी प्रदेश सदस्यहरु सीता सुन्दास, कल्पना तिवारीले आआफ्नो ठाउँबाट सबैले सहयोग गरे गोर्खा स्मारक निर्माणले छिटै नै सफलता पाउने बताएका थिए ।
गोर्खा स्मारक ट्रस्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले पहिलो चरणको वाटर फाउन्टेन राख्ने र गोर्खा राइफल आर्मीको मुर्ति राख्ने काम गरिसकेपछि संयुक्त रुपमा नेपाल र बेलायतका प्रधानमन्त्रीको उपस्थितिमा साल्मेडाँडा समाधी परिसरको उद्घाटन गरिने बताए ।
उनले गोर्खा स्मारक भनेको सन् १८१४ देखिका लडाई तथा प्रथम र दोस्रो विश्व युद्धमा वीरगती प्राप्त गरेकाको पुस्तौंसम्म स्मरण गराउने परियोजना रहेको जानकारी दिए । त्यस्तै, उनले गेसोले साल्मेडाँडाको नाममा उठाएको करोडौं रुपियाँ नआएको बताउँदै चन्दा दाताहरूको नाम साल्मेडाँडा परिसरमा अभिलेखिकरण नहुने जानकारी दिए ।
पहिलो चरणको गोर्खा स्मारक समाधी स्थल निर्माणका लागि नेपाल सरकारको सात करोड ४३ लाख ६६ हजार ११५ रुपियाँ, प्रदेश सरकारको ६० लाख रुपियाँ सहित लाहुरे चन्दा दाताबाट रकम संकलन गरि १९ करोड खर्च गरिएको छ भने २७ लाख ८७ हजार रुपियाँ बक्यौता रहेको छ ।
पहिलो चरणको काम सके लगत्तै गोर्खा सङ्ग्रहालय, गोर्खा सास्कृतिक गाउँ, गोर्खा धरहरा र छुकछुके ३ डिब्बे रेलको कामलाई अगाडि बढाइने ट्रस्टका महासचिव डा. गुरुङले बताए ।
कास्की र स्याङ्जाको सिमाना रामकोट साल्मेडाँडामा निर्माणाधीन गोर्खा स्मारक पार्क बृहत योजना फेदिखोला गाउँपालिका अन्तर्गतको ३०९ नम्बर कित्ताको सरकारी जग्गा ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस