पोखरा । पोखराका एक युवा व्यवसायीले बृद्धाश्रममा रहेका वृृद्धवृद्धा संगै बसेर जन्मदिन मनाएका छन् । युवा यातायात व्यवसायी हेमन्त मल्लले पोखरा सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरु संगै जन्मदिनमनाई बृद्धाश्रमलाई खाद्यन्न तथा नगद सहयोग गरेका हुन् ।
म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोक बसोवास गर्ने मल्लले आफ्नो ३७आंै जन्मदिन वृद्धाश्रममा मनाएका हुन् । जन्मदिनको अवसरमा पोखरा वृद्धाश्रममा ५ बोराचामल, १० किलो दाल, १० किलो चिनि, २ किलो चियापत्ती, २ कार्टुन तोरीको तेल, ५ किलो चना, ७ प्याकेट दालमोठ, २ कार्टुन विस्कुट, मसला लगायतका खाद्यान्न तथा नगद रु ५ हजार ५ सय सहयोग गरेका हुन् ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी तथा स्थानिय यातायात संग आवद्ध मल्लले हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेकोे बताए । उक्त अवसरमा आश्रममा आश्रित १०५ बर्षीय बृद्ध नन्दलाल दाहालबाट आर्शिबाद ग्रहण गरेका थिए । पोखरा बृद्धाश्रममा आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिक काम गर्न पाएकोमा मल्लले खुसी ब्यत्त mगर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए ।
सो अवसरमा पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले सहयोगी परिवारलाई धन्यवाद दिंदैै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुलाई खुसी लाग्ने गरेको बताए । विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको र सहयोग दाताहरु को सहयोगले नै बृद्धाश्रम चल्ने गरेको सुनाए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्लले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा फजुल खर्च गरि रमाइलो गर्नुभन्दा आश्रममा रहेको वृद्धवृद्धालाई सहयोग गर्न सकेपुण्य प्राप्त हुने बताए । आश्रमका स्वास्थ्य प्रबन्धक सिद्दीकुमार रेग्मीले हरेक व्यक्तिले व्यवसाय सँगै सामाजिक उत्तरदायित्वलाई बहन गर्न सके समाज सुसंस्कृत बन्ने बताए ।
खाद्यान्न तथा नगद हस्तान्तरण कार्यक्रममा मल्लका आमा धनुमाया मल्ल, श्रीमती मौनता मल्ल, छोरा सुनित मल्ल, यातायात व्यवसायी मनोज गुरुङ, दिपक गौतम उपस्थित थिए । हाल वृद्धाश्रममा ५० जना वृद्धवृद्धाहरु आश्रित रहेको आश्रमका अध्यक्ष पराजुलीले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ