चट्याङ लागेर एक बालकको मृत्यु, ३ जना घाइते

चट्याङ लागेर एक बालकको मृत्यु, ३ जना घाइते

chatyang photo

अछाम । अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारी मृत्यु भएको हो ।

यस्तै, डडेल्धुरामा चट्याङले एकै घरका ३ जना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । घाइते उनीहरूको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds