स्याङ्जा जिल्ला अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरू

स्याङ्जा जिल्ला अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरू

syj hsptl babycheck

स्याङ्जाको पुतलीबजार नगरपालिका -३ कुमालगाउँस्थित स्याङ्जा अस्पतालमा बाल विशेषज्ञसहित सेवा सुरु भएको छ । जिल्ला अस्पताल स्याङ्जामा बालरोग विशेषज्ञ डा. बिनोद गैरे आएपछि सो सेवा सुरु भएको हो ।

स्याङ्जामा बालविशेषज्ञ नहुँदा यहाँबाट बालबालिका बिरामी भएर पोखरा, पाल्पा लगायतका ठाउँमा उपचारका लागि जाने बाध्यता हटेको स्याङ्जा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिइन् । उनले बाल विशेषज्ञ सहितको सेवा सुरु भएपछि अस्पतालमा बढ्दै गएका बिरामी बालबालिकाको उपचारमा सहज भएको बताइन् ।

बालरोग विशेषज्ञ डा. गैरेले सो सेवा सुरु भएसङ्गै स्याङ्जा अस्पतालमा २८ दिनसम्मको बच्चालाई एनआइसीयु, १४ वर्षसम्मका बालबालिकालाई पीआइसीयु तथा वार्ड, ओपिडी सेवा पाउने बताए । उनले सेवा बिहान ७ बजेबाट नै दिन लागेको बताए ।

बालविशेषज्ञ सहितको सेवा दिन थालेपछी बाल उपचारका लागि विभिन्न ठाँउबाट नागरिकहरु आउने अपेक्षा राखेको अस्पतालले जनाएको छ ।

अहिले अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा, ल्याब, दन्तरोग विशेषज्ञ सेवा, माइनर अपरेसनसहितको सेवा दिँदै आइरहेको छ ।

यसैगरी, अस्पतालमा सोडियम पोटासियम टेस्ट, मिर्गौला उपचार सेवा, कलेजोको ब्याक्टेरिया कल्चर सेवा, मुटुको धड्कन जाँच, डिजिटल एक्स-रे, इसिजी लगायतका सेवा चौबीसै घन्टा पाइने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds