सानिमा बैंकका ग्राहकलाई मणिपालमा छुट

सानिमा बैंकका ग्राहकलाई मणिपालमा छुट

sanima manipal

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा भारी छुटको व्यवस्था गरेको छ ।

ग्राहकहरूले सानिमा डेबिट, क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तनी गर्दा औषधी उपचारको बिलमा २५% सम्म र दर्ता तथा परामर्श शुल्कमा १००% को छुट पाउन सक्नेछन् । छुटका लागि ग्राहकहरुले बिलिङ्ग हुनु अगाबै कार्ड देखाउन पर्नेछ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तनीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशभरीका सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन्

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds