‘भेप’ लाई प्रतिबन्ध लगाउने तयारीमा सरकार

‘भेप’ लाई प्रतिबन्ध लगाउने तयारीमा सरकार

vep-bidhutiye-churot

पोखरा । सरकारले विद्युतीय चुरोट अर्थात् ‘भेप’ लाई प्रतिबन्ध लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पत्राचार गरेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको विभागले कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरेको बताएको छ भने उपभोक्ता संरक्षण विभागले पत्राचारलाई कार्यान्वयन गर्ने बताएको हो । भारतसहित विश्वका धेरै देशले भेपमाथि प्रतिबन्ध लगाएका छन् । स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले नेपालमा विशेषगरी युवा र बालबालिकामा भेपको प्रयोग बढ्दो रहेको र यसले स्वास्थ्यमा पार्ने असरलाई ख्याल गरेर प्रतिबन्धका लागि पहल गरिएको जनाएको छ ।

गएको वर्ष नेपालमा २८ लाख भेप आयात भएको भन्सार विभागको तथ्याङ्क छ । भेपमा स्वादका लागि प्रयोग हुने रसायनहरू मानिसको स्वास्थ्यका लागि हानिकारक हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस्तै धेरैजसो भेपमा निकोटिन पनि हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds