पोखरामा बियर खुवाएर एक महिलामाथि सामूहिक बलात्कार भएको छ।
पोखराको अमरसिंहचौरमा कास्कीको मादी निवासी ३ जनाले एक महिलालाई बियर खुवाएर सामूहिक बलात्कार गरेका हुन्।
काठमाडौंबाट पोखरा आएकी ती महिलालाई मादी गाउँपालिका वडा नम्बर-९ घर भई पोखरा-१० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी गाउँपालिका-१२ भगवतीटार निवासी २९ वर्षीय विनोद परियार र मादी गाउँपालिका-१२ भगवतीटार निवासी ३८ वर्षीय कृष्ण रानाभाटले सामूहिक बलात्कार गरेको कास्की प्रहरीले जनाएको छ।
उनीहरुले ती महिलालाई सुरुमा पोखरा अमरसिंहचौरमा रोकि राखेको ग १ ख ६५९५ नम्बरको बसमा लगेर ललाइफकाइ बियर खुवाएको प्रहरीको भनाई छ। त्यसपछि पालैपालो करणी गरेको प्रहरीले बताएको छ।
बलात्कार आरोप लागेका ३ जनालाई नै कास्की प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बिहान ४ बजेको समयमा बलात्कार गरिरहेको अवस्थामा प्रहरीको सिआरभी टोलीले पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माले जानकारी दिए।
‘बसमा शंका लागेर खानतलासी गरेका रहेछन् प्रहरी साथीहरुले’, डिएसपी शर्माले भने, ‘बसभित्र हेर्दा महिलालाई नाङ्गै देखेपछि केरकार गर्दा सामूहिक बलात्कार भन्ने खुल्यो।’
उनीहरुलाई सिआरभी टोलीले तत्कालै नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारलाई बुझाएको शर्माले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराई सामूहिक जबरजस्ती करणी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी शर्माले बताए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन