पोखरा लेकसाइडस्थित एक टुर्स एन्ड ट्राभल्समा गत २० वैशाखमा फोन आयो । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्ने एक अपरिचित व्यक्तिको स्वरमा उस्तै फूर्तिफार्ती थियो ।
मुख्यमन्त्रीको मान्छे भनिसकेपछि के काम पर्यो ? भन्नै पर्यो । ती व्यक्तिले ट्राभलस सञ्चालकलाई पोखरा–काठमाडौं र काठमाडौं–नेपालगञ्जको टिकट बुक गरिदिन लगाए । र, टिकटवापत रकम क्युआर कोड मार्फत पठाइदिने आश्वासन दिए ।
मुख्यमन्त्रीको पिए नै भनेपछि ट्राभल्सले पनि दुईतर्फी टिकट काटिदियो । तर, रकम आएन । पछि ट्राभल्सले ठगिएको महसुस गरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । उजुरीपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली ती व्यक्ति खोज्न सुरु ग¥यो । अन्ततः मंगलबार मुख्यमन्त्रीको पिए हुँ भन्नेलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।
उनी पोखरा ३१ बस्ने २८ वर्षीय सुवास सुवेदी हुन् । बिहीबार पत्रकार सम्मेलनमा प्रहरीका अनुसार सुवेदीलाई काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएको हो । उनीविरुद्ध २ ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी समेत परेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए ।
उनलाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी शर्माले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन