यी स्थानमा बदली र वर्षाको सम्भावना

यी स्थानमा बदली र वर्षाको सम्भावना

mausam

पोखरा । देशका केही स्थानमा आज शुक्रबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

अहिले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली रहने छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds