खोटाङ । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । हिजो बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको बुद्धेश्वर मझुवाभीरमा रक क्लाइम्बिङ गर्ने क्रममा खसेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ३४ वर्षीय सुचन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
झण्डै ४० मिटर अग्लो भीरबाट खसेर घाईते भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । राई रक क्लाइम्बिङका लागि दुई जना साथीसहित बुद्धेश्वर मझुवा भीरमा पुगेका थिए । पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको चैत २३ गते मझुवाभीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो ।
रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक सङ्घलाई ल्याएर ६ दिन तालिम पनि सञ्चालन गरिएको थियो । सात जना स्थानीय र शसस्त्र प्रहरीका गरी १२ जनाले तालिम लिएकोमा राई पनि थिए । तालिम प्राप्त भए पनि रक क्लाइम्बिङ गर्नेक्रममा आवश्यक आधारभूत सुरक्षा व्यवस्था नहुँदा राई भीरबाट खस्न पुगेको प्रारम्भिक अनुमान छ । राई तरुण दल खोटाङका जिल्ला सदस्य थिए ।
सम्बन्धित खबर
एमालेले बाढीपीडितलाई कम्तीमा एक करोड २० लाख राहत दिने
बालेन-रविबीच सिंहदरबारमा भेट, के भयो कुराकानी ?
कृष्णभीरको ठूलो पहिरोका कारण मलेखु–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून
बूढीगण्डकीको सहायक स्यार खोला केहीबेर थुनियो, बाढीको भने जोखिम छैन
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो