रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु

रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु

rock-climbing

खोटाङ । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । हिजो बेलुका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको बुद्धेश्वर मझुवाभीरमा रक क्लाइम्बिङ गर्ने क्रममा खसेर दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ३४ वर्षीय सुचन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

झण्डै ४० मिटर अग्लो भीरबाट खसेर घाईते भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो । राई रक क्लाइम्बिङका लागि दुई जना साथीसहित बुद्धेश्वर मझुवा भीरमा पुगेका थिए । पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको चैत २३ गते मझुवाभीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो ।

रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक सङ्घलाई ल्याएर ६ दिन तालिम पनि सञ्चालन गरिएको थियो । सात जना स्थानीय र शसस्त्र प्रहरीका गरी १२ जनाले तालिम लिएकोमा राई पनि थिए । तालिम प्राप्त भए पनि रक क्लाइम्बिङ गर्नेक्रममा आवश्यक आधारभूत सुरक्षा व्यवस्था नहुँदा राई भीरबाट खस्न पुगेको प्रारम्भिक अनुमान छ । राई तरुण दल खोटाङका जिल्ला सदस्य थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds