पोखरा जेसीजले ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ ।
संस्थाले १९ देखि २५ वैशाखसम्म जेसीज सप्ताहको समापन संस्थाको सचिवालय पोखरा ११, पुरानोधारा, रानिपौवामा भयो । समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पोखरा जेसीजको समुदायलक्षित कार्यक्रमले समुदायमा जेसीजको प्रभाव स्थापित भएको बताए । उनले जेसीज सदस्यको नेतृत्व समाज रूपान्तरणमा महत्वपूर्ण रहने बताए ।
बिवाईडी कार मुख्य प्रायोजक र ग्लोबल आइएमई बैंक सहप्रायोजक रहेको जेसीज सप्ताहको अन्तिम दिन गण्डकी युवा वक्ता कार्यक्रमको अन्तिम राउण्डको विजेतालाई पुरस्कृत गरियो । प्रथम हुन सफल बागलुङकी निरूता शर्मालाई १५ हजार साथमा ट्रफी र प्रमाणपत्र पाइन् । पोखराकी अदीति पराजुली दोस्रो, दीपाली भट्टराई तेस्रो र तनहुँका साक्षी वाग्ले सान्त्वना भइन् । उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
समापनमा पोखरा लेडी जेसीज अध्यक्ष जेसी गायत्री फुँयाल, मिस पोखरा–२०१८ विजेता सारा बजिमय, त्रिवि एसोसिएट्स प्राडा भावना पोख्रेल, न्यू ग्यालेक्सी इङ्लिस स्कुल प्राडा रामजी शर्मा, पोखरा जेसीजका पूर्व अध्यक्ष सन्तोष शाही, बिवाइडी पोखरा तथा प्लग इन अटोमोबाइल्स प्रबन्ध निर्देशक ओम उपाध्याय, ग्लोबल आइएमी बैंकका गण्डकी प्रदेश प्रमुख शुशोभन देवकोटा, नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष, निरूपित, जेसी अमर घिमिरे लगायतले बोलेका थिए ।
जेसीज सप्ताह कार्यक्रममा मूल संयोजक श्रीकृष्ण सुनारले सात दिनका कार्यक्रमबारे प्रकाश पारे ।
पहिलो दिन १९ वैशाखमा रक्तदान कार्यक्रमबाट शुभारम्भ भएको जेसीज सप्ताहमा दोस्रो दिन पोखरा १० को कार्यालयमा महिला सशक्तीकरण तथा प्रभावकारी सार्वजनिक भाषणकला कार्यक्रम भएको थियो । तेस्रो दिन पोखरा पर्यटन बोर्डको कार्यालयमा ‘आर्थिक विकास समृद्विको आधार ः वर्तमान परिस्थिति चुनौती र सम्भावना’ विषयक प्यानल छलफल कार्यक्रम भएको थियो ।
चौथो दिन पोखरा ३३, थुममा निशुल्क स्वास्थ्य तथा दन्त शिविर र पाँचौं दिन पोखरा १८, स्थित मणिज्योति आधारभूत विद्यालयमा विद्यालय पोशाक, शैक्षिक र खेलकुद सामग्री र लाइब्रेरी स्तरोन्नतिका सामग्री हस्तान्तरण भयो । छैंटो दिन ट्राफिक सचेतना कार्यक्रम थियो भने सातौं दिन गण्डकी युवा वक्ता कार्यक्रमको फाइनल भएको पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछानेले बताए ।
जेसी इबिक कर्माचार्यले जेसीज सप्ताह कार्यक्रमको गतिविधिलाई समेटिएको भिडियो प्रदर्शन गरियो । पोखरा जेसीज अध्यक्ष जेसी देवराज शर्माको अध्यक्षतामा बसेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सन्दीप श्रीसले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन