स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पालिका अन्तर्गतका विद्यालयमा नि:शुल्क रक्त समूह पहिचान गराउने भएको छ ।
विद्यालय स्तरीय नि;:शुल्क रक्त समूह पहिचान कार्यक्रमको सुरुवात गर्दै पालिकाभरका विद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीहरुको नि:शुल्क रक्त परिक्षण गरि रक्त समूहको पहिचान गरिने भएको हो ।
आफ्नै आन्तरिक स्रोतसाधनको व्यवस्थापन गरि अर्जुनचौपारी गाउँपालिकाले उक्त कार्यक्रम पालिकाभरका विद्यालयमा गर्ने जनाएको छ ।
आपतकालीन अवस्थामा आफ्नो रक्त समूह थाहा पाउनका साथै अरु कसैलाई रक्तदान गरि सहयोग समेत गर्न सहज हुने हुँदा पालिकाले व्यवस्थापन गर्दै शिक्षक तथा विद्यार्थीहरुलाई लक्षित गरि रक्त समूह पहिचान कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिए ।
पालिका अन्तर्गतका सम्पुर्ण विद्यालयमा यस कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै कार्यक्रमको सुरुवात गरिएको प्रशासकीय अधिकृत शर्माले बताए ।
कार्यक्रमको पहिलो दिनमा अर्जुनचौपारी गाउँपालिका -१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका १९० जना विद्यार्थी, वडा नं. ४ स्थित जन माविका १५२ जना विद्यार्थी र वडा नं. ६ स्थित जनविकास आविमा ४२ जना विद्यार्थीको रक्त परिक्षण गरि रक्त समूह पहिचान गरिएको छ ।
सम्बन्धित खबर
अर्जुनचौपारीको सरकारी कामकाजका लागि एकीकृत शिविर
गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा ल्याउने तयारीमा छौँ – मन्त्री थापा
छाती रोग खोजपडताल सम्बन्धी एकदिने शिविर, ६ जना क्षयरोगका बिरामी भेटिए
प्याब्सन स्याङ्जाको अध्यक्षमा राजेन्द्र गोदार
वालिङ् चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः प्रकाश न्यौपाने
प्रेस सेन्टर स्याङ्जाको अध्यक्षमा केपी खनाल
यो पनि पढौँ
अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु