दाङमा बञ्चरो प्रहारबाट २ जनाको हत्या

दाङमा बञ्चरो प्रहारबाट २ जनाको हत्या

bancharo-prahar

सांकेतिक तस्बिर

दाङ । दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ ।

शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका- १० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका- २ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका- २ घर भई घोराही उपमहानगरपालिका- १७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का लगाएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ