गण्डकीका भलिबल खेलाडी स्याङ्जामा सम्मानित

गण्डकीका भलिबल खेलाडी स्याङ्जामा सम्मानित

Kheladi samman

नेपालको राष्ट्रिय खेल भलिबलमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई स्याङ्जामा सम्मान गरिएको छ ।

स्याङ्जाको वालिङ् नगरपालिका -७ वनकट्टामा मनकामना युवा क्लबले संस्थाको १६ औं वार्षिकोत्सब तथा वैशाख पञ्चमीको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसी, टिम क्याप्टेन खोमप्रसाद पाण्डे(हरि), खेलाडीहरु राजन दर्लामी मगर, हिमाल सुनारी, सरोज बर्देवा र सुजन चोखाललाई खेलको माध्यमबाट जिल्ला साथै प्रदेशको नाम उच्च बनाउन अतुलनीय भुमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

भलिबल खेलबाट देशविदेशमा जिल्ला र प्रदेशको प्रतिष्ठा बढाएकोमा गण्डकी प्रदेश भलिबलका प्रशिक्षक तथा खेलाडीहरुलाई नेपाली काङ्ग्रेसका उपसभापति एवं पुर्व मन्त्री धनराज गुरुङले सम्मान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ