पोखरा, २ जेठ । नेकपा (एमाले)ले भोलि विहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस मनाउँदैछ ।
दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) कास्कीले पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाईसँगै, शालिकमा माल्यार्पण र जबजको विशेषता वाचन कार्यक्रम गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, अग्रज नेता सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले मदन र जीवराजको शालिकमा माल्यार्पण गरे । उक्त अवसरमा मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्ज जबजका १४ विशेषताबारे मुख्यमन्त्री अधिकारीले विवेचनात्मक व्याख्या गरेका थिए । उपस्थित सबैले वाचन पनि गरी अनुसरण गर्ने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्री अधिकारीले जननेता भण्डारीको विचारलाई अनुसरण गर्नपर्ने धारणा राखेका थिए । आज राजनीतिक दलहरु जबजकै सिद्धान्त अनुसार अघि बढेको बताउँदै मुख्यमन्त्री अधिकारीले जनताबाट निर्वाचित भएर संसदबाटै समाजवादको यात्रा तय गर्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रूपमा पनि यो दिनलाई लिइने बताए ।

नेपाली राजनीतिका शिखर पुरुष भण्डारीको अवसान नेपाली राजनीतिकै लागि अपुरणीय क्षति भन्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका अधिकारीले भण्डारीको सिर्जनात्मक माक्सर्वाद सम्बन्धी धारणाले विश्व जगत नै प्रभावित बनेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री अधिकारीसँगै अग्रज नेता सोमनाथ अधिकारी प्यासी, प्रदेशसभा सदस्यहरु, पोखरा महानगरी उपप्रमुख मञ्जुदेवी गुरुङ, पार्टीका केन्द्रदेखि वडा, टोल कमिटिसम्मका नेता, कार्यकर्ताहरु सहभागी थिए । कार्यक्रमको अध्यक्षता नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले गरेका थिए ।
नेकपा एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार ३१ औं मदन–आश्रित दिवसको दिन विहीबार (भोलि) पोखरामा विचार गोष्ठी कार्यक्रमसमेत आयोजना गरिएको छ ।
मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र माताहातका कमिटीसहित तीनका भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवंगत नेताहरूको सम्झना गर्दछन् ।

जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल माक्र्स’ भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरिका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि वर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले दाबी गर्छन् ।
मदन–आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । जीप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा जीवित रहेका थिए । पछि २०६० सालमा लामाको हत्या भएको थियो । लामाको हत्या भएपछि घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

तस्वीर सौजन्यः अर्जुन गाहा मगर ‘सुशान्त’
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो