पोखरा, लेकसाइडमा सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार गरिएको छ ।
स्पा (मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालको संस्थाबाट खटिएको टोलिले आज ६ जना बालिकाहरुको उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले लेकसाइडस्थित स्पा (मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा अनुगमन गर्ने क्रममा ५ वटा स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाहरुको उद्धार गरेको जानकारी दिए ।
उनका अनुसार ५ वटा स्पा (मसाज) सेन्टरमा अनुगमन गर्ने क्रममा १८ वर्ष भन्दा मुनिका ६ जना बालिकाहरुलाई काममा लगाएको पाइएपछि पीडित बालिकहरुको उद्धार गरिएको बताए ।
कास्की प्रहरी, पोखरा महानगरको सामाजिक महाशाखा र शक्ति नेपालको संयुक्त टोलिले सेन्टर पोइन्ट स्पाबाट २ जना, हिमालय स्पाबाट १ जना, पारामाउट स्पाबाट १ जना र न्यू भिजन स्पाबाट २ जना बालिकाको उद्धार गरेको हो ।
सम्बन्धित खबर
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब