पोखरा । देशका केही स्थानमा आज बिहीबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा नेता मात्र होइन, मतदाता पनि दोषी छन्: राजेन्द्र लिङदेन
पूर्वराजा शाहको स्वागतमा त्रिभुवन विमानस्थलमा समर्थकको भीड
एउटा व्यक्तिले देश बनाउने भए पहिले नै राजा महाराजाले बनाइसक्ने थिए: गगन थापा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
संसद विघटनविरुद्ध मुद्दामा सर्वोच्चले तोक्यो फागुन ८ गतेलाई साधारण तारेख
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ