तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।
व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने नौ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पक्की नालासहित विस्तार कार्य भइरहेको हो । उक्त मार्गले व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वीराजमार्गसँग जोडिने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
कुल एक हजार नौ सय ५० मिटर ढलान सडकमध्ये एक हजार छ सय मिटर सम्पन्न भइसकेको छ । चालु वर्षमा सडक ढलान कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी एमएस गुल्मेश्वर÷पाण्डे एण्ड कम्पनी÷नयाँयुग जेभीका इन्जिनियर मिलन जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मार्गमा निर्माण गरिने साढे नौ किलोमिटर नालामध्ये अब आठ सय मिटरमात्रै बाँकी छ । करिब आठ किलोमिटर मार्गमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ”, उहाँले भन्नुभयो, “उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति हासिल भइसकेको छ ।”
उक्त मार्गमा दैनिक ६५ जना जनशक्ति परिचालन गरी निर्माणलाई तीव्रता दिइएको इन्जिनियर जिसीले बताउनुभयो । भ्याटसहित रु ३४ करोड ५८ लाख ५० हजार दुई सय ८५ मा ठेक्का सम्झौता गरी निर्माण कम्पनीले काम अघि बढाएको हो । विसं २०८० जेठ ९ मा सम्झौता गरी उक्त निर्माण कम्पनीले विसं २०८२ फागुन ९ गते सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
निर्माणले गति लिएको हेर्दा सम्झौताअगावै सम्पन्न हुने सम्भवना देखिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कुल सडकमार्गमध्ये सवग्रेड र सवबेसको सात सय मिटर काम बाँकी रहेको छ भने नाला र स्टक्चरको काम सम्पन्न गरिसकिएको छ ।
उक्त मार्गमा गरिएको ढलानको चौडाइ २० सेन्टिमिटर र कालोपत्र चार सेन्टिमिटरको हुनेछ । गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटमा निर्माणकार्य थालिएको र हालसम्म कार्यप्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताउनुभयो । रासस
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने