जोमसोम । राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मनाङबाट मुस्ताङतर्फ ट्रेकिङ पदयात्रा गर्दै गरेका दुई भारतीय पर्यटकको बिहिबार हेलिकोप्टर मार्फत सकुशल उद्दार गरिएको छ ।
१० जना भारतीय पर्यटक र ६ जना पथप्रर्दशक भरियासहित १६ जनाको टोली मनाङ र मुस्ताङको सीमाक्षेत्र थोरङ्लापास हुँदै मुक्तिनाथ आउने क्रममा प्रतिकुल मौसमका कारण टोली मध्ये २ जना भारतीय बुधबार दिउँसो सम्पर्कविहीन भएका थिए । उनीहरुको सुरक्षा निकायको समन्यमा हेलि मार्फत सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
काठमान्डौंस्थित हिमालयन ओन्ड्रस ट्रेनिङ एजेन्सी मार्फत ७ जना पुरुष र ३ जना महिला भारतीय पर्यटकसहित १६ जनाको टोली मनाङ हुँदै मुस्ताङ झर्ने क्रममा मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र—२ मा पर्ने मनाङ र मुस्ताङको सीमाना थोरङ्लापासमा टोली मध्ये टोनी पार्रमर र अमनज्योति पार्रमर प्रतिकुल मौसमका कारण सम्पर्कविहिन भएका थिए । उनीहरु दुबै श्रीमान ÷श्रीमती हुन् । दुबै जना भारतस्थित मुम्बईका नागरिक हुन् ।
प्रतिकुल मौसमका कारण थोरङ्लापासमा सम्पर्कविहीन भएका दुई भारतीय पर्यटकलाई खोजतलास गरिदिन बिहिबार बिहान ५ बजेर ३० मिनेट जाँदा ईलाका प्रहरी कार्यालय मुक्तिनाथलाई सूचना गरिएको थियो ।
भारतीय पर्यटक सम्पर्कविहीन भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयको कमाण्डमा ७ जनाको प्रहरी टोली ,ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट प्रहरी सहायक निरीक्षक गिरुप्रसाद पौडेलको कमाण्डमा २ जना प्रहरी टोली र नारायण दल गण जोमसोमबाट खटिएको सुरक्षा टोलीले उद्दारमा खटिएको थियो । यसमा सुरक्षाकर्मीको टोलीसहित ट्रेकिङ पदयात्रामा सम्मिलित ३ जना पथप्रर्दशक टोली समेत उद्दारमा खटिएको थियो ।
सोमबार दिउँसो देखि सम्पर्कविहीन रहेका दुई भारतीय पर्यटकलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ स्थित थोरङ्लापासको तल टी—सपको छाप्रोमा खोजतलास गर्दा सकुशल फेला परेका थिए । सम्पर्कविहीन भारतीय पर्यटक श्रीमान टोनी पार्रमर र श्रीमती अमनज्योती पार्रमरलाई प्रहरी र नेपाली सेनाको समन्वयमा त्यहाँबाट उद्दार गरी एअर डाईनेष्टिकको हेलिकोप्टर मार्फत जोमसोम हुँदै काठमान्डौं उद्दार गरिएको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो