राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकको जिम्मेवारी उपाध्यक्ष शंकर पौडेललाई प्रदान गरिएको छ । संघ कास्कीको ११ औं जिल्ला अधिवेशन २०८० माघ १२ गते उद्घाटन सत्र अन्त्य भई नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि प्रतिनिधिको विषयमा विवाद उत्पन्न भई अधिवेशनको बन्द-सत्र स्थगित भएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय पदाधिकारी बैठक २०८१ वैशाख ३१ गते सोमबार बसेको बैठकले निर्णय बमोजिम कास्की जस्तो महत्वपूर्ण जिल्लामा संगठनको कमिटीलाई निष्कृय राख्न नसकिने र कमिटीलाई नियमित काममा फर्काउनु पर्ने परिस्थितिको मूल्याङ्कन गर्दै जिल्ला कमिटी कास्कीको काम व्यवस्थापन गर्नका लागि तत्कालीन कमिटीका उपाध्यक्ष शंकर पौडेलको संयोजकत्वमा जिल्लाका ५ पालिका कमिटी अध्यक्षहरू सहित ३ निर्वाचन क्षेत्रवाट १/१ जना महिलाको ३३ प्रतिशत महिला सहभागिता अनिवार्य बनाई प्रतिनिधित्व रहने गरी ९ सदस्यीय आयोजक कमिटी बनेको छ ।
पत्रको मिति अनुसार ३ महिनाभित्र सम्मेलन सम्पन्न गर्न केन्द्रिय कमिटीले निर्देशन गरेको छ । केन्द्रीय पदाधिकारीको बैठकको निर्णय कार्यान्वयन गर्न गराउन संगठनका सम्पूर्ण नेता कार्यकर्ताहरुमा निर्देशन गरिएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि पालिकाका अध्यक्षहरू आयोजक कमिटी सदस्य रहने छन् । पोखरा महानगरपालिकामा प्रदिप गुरुङ, मादी गाउँपालिकामा उमेश गुरुङ, रुपा गाउँपालिका सुजन श्रेष्ठ, माच्छापुछे गाउँपालिकामा दल बहादुर लामिछाने, अन्नपूर्ण गाउँपालिकामा शिव सुवेदी, महिला सदस्यहरुमा निर्वाचन क्षेत्र नं. १ मा करिया बराल, निर्वाचन क्षेत्र नं. २ मा रिना थापा, निर्वाचन क्षेत्र नं. ३ मा सुवानी पौडेल लाई जिल्लाको आयोजक कमिटी सदस्य रहने महासचिव सुमन पुरीद्वारा हस्ताक्षर भएको केन्द्रको पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन