पोखरा । प्रतिभा माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबार ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ ।
नेपाली विभागको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ९ र १० का २३ जना विद्यार्थीहरूको सहभागी रहेको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाको प्रमुख अतित्थ्यतामा भएको थियो ।
कार्यक्रममा सापकोटाले मानिसको जीवनमा थुप्रै प्रतियोगिताले परीक्षा लिइराख्ने हुँदा वक्तृत्वकलाले मानिसको जीवनमा बोल्न सक्ने कलाको विकास गराउने, आत्मविश्वास बढाउने तथा नेतृत्व विकास गराउन अहम् भूमिका खेलेको हुँदा यस्ता कार्यक्रममा सहभागी हुनु पर्नेमा जोड दिए ।
विद्यालयका सह–मप्राचार्य प्रदीप खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा खनालले कार्यक्रममा विद्यार्थीहरूबाट आएका गहन भनाइबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै विजेता विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा सिजन गुरुङ प्रथम, समीर पराजुली द्वितीय, सुप्रिया मानन्धर तृतीय र प्रशन्न ढकाल सान्त्वना भएका थिए ।
कार्यक्रमको निर्णायकको भूमिकामा विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेल र नेपाली शिक्षक दुर्गादत्त सुबेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी दीक्षान्त थापाले गरेका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’