पोखरा । प्रतिभा माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आइतबार ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ ।
नेपाली विभागको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ९ र १० का २३ जना विद्यार्थीहरूको सहभागी रहेको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाको प्रमुख अतित्थ्यतामा भएको थियो ।
कार्यक्रममा सापकोटाले मानिसको जीवनमा थुप्रै प्रतियोगिताले परीक्षा लिइराख्ने हुँदा वक्तृत्वकलाले मानिसको जीवनमा बोल्न सक्ने कलाको विकास गराउने, आत्मविश्वास बढाउने तथा नेतृत्व विकास गराउन अहम् भूमिका खेलेको हुँदा यस्ता कार्यक्रममा सहभागी हुनु पर्नेमा जोड दिए ।
विद्यालयका सह–मप्राचार्य प्रदीप खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा खनालले कार्यक्रममा विद्यार्थीहरूबाट आएका गहन भनाइबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै विजेता विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा सिजन गुरुङ प्रथम, समीर पराजुली द्वितीय, सुप्रिया मानन्धर तृतीय र प्रशन्न ढकाल सान्त्वना भएका थिए ।
कार्यक्रमको निर्णायकको भूमिकामा विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेल र नेपाली शिक्षक दुर्गादत्त सुबेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी दीक्षान्त थापाले गरेका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी