पोखरा महानगर पालिका वडा नं. ६ मा सम्पन्न प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन्।
४.५ अंक ल्याई प्रथम हुन सफल उनले पुरस्कार स्वरुप नगद सात हजार पाँच सय प्रमाण पत्र र मेडल हात पारे ।
ताल बाराही भु.पु विद्यार्थी एशोसियसन पोखरा ६ बैदामको आयोजना, पोखरा महानगर पालिका वडा नं – ६ को आर्थिक सहयोग र कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवंम पोखरा महानगर पालिका वडा नं–६ ज.वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले चेसको गोटी चली उद्घाटन गरिएको प्रतियोगितामा मन्तव्य राख्दै पोखरा लाइ पर्यटकीय राजधानीको भएकोमा खुशी व्यक्त गरे । उनले अबका दिनमा पोखरालाई खेलकुदको राजधानी बनाउनेतर्फ सबै पोखरेली लाग्नु पर्नेमा जोड दिए । स्वस्थ्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको उनको भनाइ थियो ।
ताल बाराही माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले विधार्थी एसोसियसनले विद्यालयका हरेक कार्यक्रममा सहभागिता जनाउदै आएकोमा खुशी ब्यक्त गरेका थिए ।
कार्यक्रमका संयोजक एवंम राष्ट्रिय रेफ्रि तथा बुद्धिचाल संघका केन्द्रिय सदस्य महेश्वर अधिकारीले बुद्धिचाल खेल बल भन्दा पनि दिमाखले खेल्ने खेल भएको हुनाले, चनाखो भइ खेल्न आग्रह गर्दै, खेलका नियम र मापदण्डका बारेमा प्रकाश पारेका थिए ।
विधार्थि एसोशियसनका कार्यबाहक अध्यक्ष खिमलाल पहारीको सभाअध्यक्षमा सम्पन्न कार्यक्रममा सदस्य गणेशराज पहारी स्वागत मनतब्य राखेका थिए भने, स–सचिब ज्ञानेन्द्रराज कोइरालाले कार्यक्रम संचालन गरेका थिए ।
कुल ५२ जना प्रतिस्पर्धी खेलाडीहरु सहभागी रहेको प्रतियोगितामा “ल अफ फिडेको” अन्तराष्ट्रिय नियम अनुसार खेल खेलाइको थियो । बेष्ट अफ फाइफको आधारमा गरिको, प्रतियोगितामा उत्तम पहारी, किरण रञ्जित, सुनिल बहादुर कोइराला र सुक प्रधानले चिफ आर्विटरको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा ४.५ अंक ल्याइ धमेन्द्र गिरि द्रोस्रो र ४ अंक ल्याइ शुनिल श्रेष्ठ तेस्रो भएका थिए । क्रमश उनिहरुलाई नगद पाचहजार दुईसय पचास र तिनहजार सात सय पचास रुपैया सहित प्रमाण पत्र र मेडल प्रदान गरिको थियो ।
तेसै गरि पन्ध्र बर्ष मुनिका बाबु र नानीहरु तर्फ किस्मत जि.सी प्रथम , लक्ष्य शाक्य दोस्रो र उज्जवल पहारी तेस्रो भए । नानीहरु तर्फ सविना पोखरेल प्रथम र सुभेच्छा शाक्य दोस्रो र रस्मिता गुरुङ तेस्रो हुन सफल भएका थिए । पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथि र आयोजकले संयुक्त रुपमा नगद पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो