स्याङ्जामा यस वर्ष १० हजार ९३ जना बालबालिकाका लागि यहि जेठ १३ गतेदेखि २६ गतेसम्म आइपिभी खोप लगाइने भएको छ ।आइपिभी खोप अभियान सञ्चालन भएसङ्गै २०७३ साल वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएर पोलियो रोग विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहमा आइपिभी खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय स्याङ्जाले आवश्यक तयारी थालेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाईंले जानकारी दिए ।
बालबालिकालाई आइपिभी खोपबाट बन्चित नहोउन् भन्ने उद्देश्यका साथ ४ सय ५० भन्दा बढी स्थानमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक खटाइने कार्यालय प्रमुख चापागाईंले बताए । स्वास्थ्यकर्मीहरुले विद्यालय, स्वास्थ्यचौकी तथा बालबालिकाको पहुँच पुग्ने ठाउँमा पुगेर खोप लगाउने उनको भनाइ थियो ।

आइपिभी खोप अभियान सम्बन्धि स्वास्थ्य कार्यालय स्याङ्जाको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समिती तथा संचारकर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रममा जिल्लाका सम्पुर्ण स्थानीय तह, अस्पताल, स्वास्थ्यचौकीसङ सहकार्य गरि खोप अभियानलाई प्रभावकारी बनाइने खोप कार्यक्रम संयोजक मनिष कुमार महतोले बताए ।
नेपालभर यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्नका लागि आइपिभी खोप अभियान सञ्चालन गरिएको जनाउँदै स्याङ्जामा पनि सबै बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो