स्याङ्जामा महिलालाई क्रिकेट प्रशिक्षण

स्याङ्जामा महिलालाई क्रिकेट प्रशिक्षण

syj cricket

स्याङ्जाको पुतलीबजार नगरपालिकामा महिलालाई क्रिकेट प्रशिक्षण दिइएको छ । `खेल्छ गण्डकी´ कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम गरिएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा प्रदेशमै महिला खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ १० दिने प्रशिक्षण गरिएको हो ।

राष्ट्रिय यु-१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत बहादुर टमटा र गण्डकीका मुख्य प्रशिक्षक रिजन प्रजुद्वारा प्रदेशको टिममा महिला खेलाडीको प्रभाव रहेको स्याङ्जामा प्रशिक्षण दिइएको प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताए ।

उनले युवा महिला क्रिकेट खेलाडी उत्पादनमा प्रशिक्षण कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको जानकारी दिए । यस किसिमका प्रशिक्षण कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने उनको भनाई थियो ।

उक्त प्रशिक्षणमा ६ जिल्लाका ६० जनाको सहभागिता रहेको थियो भने प्रशिक्षण गत वैशाख २९ गतेबाट संचालित रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ