विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालमा स्याङ्जा आँधिखोला गाउँपालिकाको झण्डा फहरिएको छ ।
स्याङ्जा आँधिखोला गाउँपालिका -२ चिलाउनेबासका ३६ वर्षीय सुरज पौडेलले सगरमाथा आरोहणमा सफलता मिलेसङ्गै आँधिखोले सभ्यता बोकेको लोगो अंकित झण्डा फहराएका हुन् ।
उनी शेर्पा एक्स्ट्रिम प्रा.लि. मार्फत गत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । सशस्त्र प्रहरी बल नेपालमा सेवारत प्रहरी निरीक्षक उनले जेठ ७ गते बिहान १० बजेर २० मिनेटमा हिमाल आरोहणमा सफलता पाएपछी सगरमाथाको चुचुरोमा पुगेर जन्मथलो आँधिखोला गाउँपालिकाले पालिकाका महत्त्वपूर्ण स्थान समेटेर बनाएको लोगो अंकित झण्डा र कर्मक्षेत्र सशस्त्र प्रहरी बलको झण्डा प्रदर्शन गरेका थिए ।
सगरमाथा आरोहण गर्ने पौडेल आँधिखोलाका पहिलो व्यक्ति हुन् भने जिल्लाको पनि संभवत पहिलो हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरीबाट पनि पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति पौडेल रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बुबा शरद पौडेल र आमा रिता पौडेलका छोरा सुरजले २०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदमा प्रवेश गरेका थिए भने उनी सेवामा प्रवेश गर्नुअघिबाटै पदयात्रामा रुचि राख्थे ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ