राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले २६ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा संस्थापक अध्यक्ष टेकनाथ बराललाई राष्ट्रिय सम्पदा मानवअधिकार सम्मान प्रदान गरेको छ । गत वर्ष निधन भएका बराललाई मरणोपरान्त सम्मान गरिएको हो ।
टेकनाथकी श्रीमती हरिकला र छोरा विद्याविमलले सम्मानपत्र ग्रहण गरे । उनीहरुलाई संस्थाका अध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख मायादेवी शर्मा लगायतले सम्मान गरेका हुन् । कार्यक्रममा आयोग गण्डकी प्रमुख शर्माले अधिकारकर्मी बराललाई मानवअधिकार आयोग केन्द्रले नै सम्मान गरिसकेको स्मरण गरिन् ।
‘उहाँ आयोग केन्द्रबाटै सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो, राष्ट्रि सम्पदासँग मानवअधिकारको रक्षा र प्रवर्द्धनमा हामीले सहकार्य गर्दै आएका छौं, भविष्यमा पनि सहकार्य अझ मजबुत हुने अपेक्षा गरेकी छु,’ उनले भनिन् ।
अध्यक्षमा ठाकुर सर्वसम्मत
संस्थाको अधिवेशनले ठाकुरप्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चुनेको छ ।
उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, महासचिव दिलीप दोषी, सचिव विन्ध्येश्वरी बराल र कोषाध्यक्षमा कमलप्रसाद न्यौपाने छन् । सदस्यमा श्रीराम आचार्य, अर्जुन भण्डारी, त्रिभुवनप्रसाद बराल, अनिल थापा, कल्याण पन्त, वीनिता अधिकारी, सुशीला त्रिपाठी, शौरभ देवकोटा र मिलन प्रतीक निर्वाचित भएका छन् ।
संस्थाका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक तिलक पराजुली, संस्थाका पूर्वअध्यक्ष भवानीप्रसाद पाण्डे र रामबहादुर पौडेल, मानवअधिकारकर्मी खगराज आचार्य, पोखरा ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई, संस्थाकी उपाध्यक्ष निर्मला कोइराला, सम्मानित व्यक्तित्व टेकनाथका छोरा विद्याविमल बराल, माछापुच्छ्रे महिला क्लबकी अध्यक्ष गीता पौडेल लगायतले बोलेका थिए । विष्णुहरि अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा वसुन्धरा ढकाल र निर्मला कोइराला सदस्य थिए ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो