स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ ।
कालीगण्डकी नदिमा चल्ने स्टिमरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश खेलकुद परिषद र कालीगण्डकी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल संघ कास्कीको व्यवस्थापनमा प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष तथा महिला बुद्धिचाल प्रतियोगिता शुरु भएको हो ।
गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीर कुमार पौडेलले प्रतियोगिताको सुभारम्भ गर्दै धार्मिक महत्त्व बोकेको कालीगण्डकी र ऎतिहासिक जलयातायात स्टिमर सेवा आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक केन्द्र रहेको बताए । उक्त खेलले स्टिमर सेवाको संरक्षण तथा संर्वद्वनमा सहयोग पुग्ने उनको भनाई थियो ।

त्यस्तै, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले खेल पर्यटनको विकाससङ्सङ्गै पालिकामा धार्मिक, शैक्षिक, स्वास्थ्य र खेलका पर्यटकहरुलाई भित्र्याएर पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताए । उनले कालीगण्डकीले पुर्वाधार विकास सङ्गै खेलकुद क्षेत्रमा पनि ठूलो लगानी गर्दै आएको भन्दै देशकै पहिलो मोटरबोट अर्थात् स्टिमर सेवाको महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पुर्याउन यो खेलले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल संघका अध्यक्ष युवराज भण्डारीले प्रदेशको सबैभन्दा ठूलो प्रतियोगिता हुने र रेटिङ प्रतियोगिता भएको जानकारी दिए । उनले आयोजक रहेको पालिकाले जिल्ला सरह खेलाडी खेलाउने र प्रदेशका ११ वटा जिल्ला मध्ये बाग्लुङ, म्याग्दी र मनाङ बाहेका जिल्लाका दुई पुरुष र दुई महिला गरि ४८ जना खेलाडीको प्रतिस्पर्धा रहेको बताए ।
प्रतियोगिताको उद्घाटन खेल स्टिमरमा खेलाइए पनि बाँकी खेल पालिकाको भवनमा खेलाइनेछ भने प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेले महिलापुरुषतर्फ समान ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा