‘द पोएट आइडल सिजन २’ को उपाधि सुकिता राईलाई

‘द पोएट आइडल सिजन २’ को उपाधि सुकिता राईलाई

the_poet_idol

काठमाडौँ । ‘द पोएट आइडल सिजन २’ को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् ।

शनिबार बेलुकी भएको अन्तिम प्रतिस्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले उपाधि जितेका हुन् । राईले उपाधिसँगै नगद १० लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरे।

योसँगै उनले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरे।

दिव्यदेवले होस्ट गरेको ‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए।

निर्देशक अमनप्रताप अधिकारीले कार्यक्रमको तेस्रो सिजन करिब डेढवर्षपछि दर्शकमाझ आउने बताए। पहिलो सिजनको उपाधि सिक्किमकै निलम गुरुङले जितेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ