स्याङ्जाको चापाकोट नगरपालिका -६ साँखरमा नवनिर्मित प्रहरी चौकी साँखरको गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दुर्गा सिंहद्वारा उद्घाटन भएको छ ।
नेपाल सरकारको नियमित बजेटबाट २ करोड १५ लाख ३ हजार १ सय ५८ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतको प्रहरी चौकी साँखरको कार्यालय भवन, मेष, व्यारेक, महिला/पुरुष थुनुवा कक्ष लगायतका भवनहरुको एक कार्यक्रमबिच गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहद्वारा उद्घाटन गरिएको हो ।
उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी सिंहले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय रहेको बताइन् ।

उनले कार्यक्रममार्फत उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरि अनुशासित एवं कर्तव्य निष्ठ भई शिष्टता र नम्रताका साथ नागरिक मैत्री सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएकी थिइन् ।
उनले नागरिकको सहयोग विना शान्तिसुरक्षा दिलाउन प्रहरी एक्लैको प्रयास असम्भव हुने भन्दै अपराध न्यूनीकरण एवं शान्तिसुरक्षाको सेवा प्रवाहमा नागरिकहरुले सहकार्य गर्दै हातेमालो गरे कठिनाई नहुने बताइन् ।
उनले प्रहरी पेशा एक अडिनरी पेशा भएको बताउँदै भौतिक संरचना साथै सिमित स्रोतसाधनका बाबजुद प्रहरीले एक्लै शान्तिसुरक्षा प्रदान गर्न कठिनाई रहेकोले नागरिकको पनि साथ र सहयोगले प्रहरीमा सकारात्मक सोचका साथ आचरणमा सुधार आउने हुँदा प्रहरीले समाजमा खेल्नुपर्ने शान्तिसुरक्षाको भूमिकामा सहज हुने उनको भनाई थियो ।

उक्त कार्यक्रममा स्याङ्जा चापाकोट नगरपालिकाका उपप्रमुख ईशा राना, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, चापाकोट -६ का वडा अध्यक्ष तारादेवी पोख्रेल, भवन निर्माण समितिका सचिव घनश्याम खनाल, प्रदेश प्राविधिक प्रहरी नायब उपरीक्षक धुर्व अधिकारी लगायतले नयाँ भवन निर्माण सम्पन्न भएसङ्गै प्रहरीले कार्यसम्पादन गर्दा सहज हुने विश्वास राखेका थिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा