युथ थिङ्कर्स सोसाइटी पोखराले गरेको गण्डकी प्रदेश स्तरीय संयुक्त राष्ट्रसंघको नमूना महासभा सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको नमूना महासभा जेठ १३ गतेसम्म चलेको थियो ।
महासभामा विश्व पारिस्थितिकीयतन्त्र र जैविक विविधतामा विश्वव्यापी वन डढेलोको बढ्दो खतरालाई सम्बोधन तथा विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवर्द्धन सम्बन्धमा बहस भएको छ ।
गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाबाट आएका युवा प्रतिनिधि बहसमा सहभागी भएका थिए । युथ थिङ्कर्स सोसाइटी पोखराले राष्ट्रसंघको नमूना महासभा आयोजना गरेर बहस गराएको थियो । जसमा सहभागी प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्वको अभ्यास गरेका थिए ।
महासभामा डेलिगेटहरु आफ्नो देशका समस्यामा केन्द्रित भएका थिए । महासभामा सबै सहभागी गरी ५० जना युवा सहभागीहरु थिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र विशिष्ट अतिथि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास सहभागी थिए ।
नमूना महासभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो ।
विशेष विशेषज्ञ विषय सत्रमा विश्व पारिस्थितिकीयतन्त्र र जैविक विविधतामा विश्वव्यापी वनडढेलोको बढ्दो खतरालाई सम्बोधन गर्न गण्डकी प्रदेश वन मन्त्रालयका उप-सचिव मेघराज पौडल रहेका थिए ।
विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवर्द्धन सम्बन्धमा पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक उज्वल अधिकारी थिए । उक्त अभ्यासमा विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तराष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्नुपर्ने उल्लेख थियो ।
युथ थिङ्कर्स सोसाइटी पोखराका अध्यक्ष दीपा अधिकारीले डेलिगेटहरुलाई सौहार्दपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेकी थिइन् ।
अधिकारीको नेतृत्वमा गण्डकी प्रदेश स्तरीय संयुक्त राष्ट्रसंघको नमूना महासभा सम्पन्न भएको हो । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपुर प्रयोग गर्न अनुरोधसमेत गरिन् ।
समापन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडा थिए । उनले युवाहरुलाई प्रोत्साहन गर्न यस खाले कार्यक्रमको भूमिका हुने बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन