विभिन्न कार्यक्रमसहित स्याङ्जामा गणतन्त्र दिवस मनाइएको छ । सोमबार साँझ सदरमुकाम स्थित सहिद चोकमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा दिप प्रज्ज्वलन गरिएको थियो ।
गणतन्त्र दिवस २०८१ मनाउने क्रममा आयोजक मुल समारोह समितिद्वारा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा झण्डोत्तोलन गरि ट्राफिक चोक हुँदै स्याङ्जा बजार परिक्रमा गरेर शहिदचोकमा प्रभातफेरीलाई कोणसभामा परिणत गरिएको थियो ।

स्याङ्जा चोकमा गरिएको कोणसभालाई सम्बोधन गर्दै जनता जनार्दन रहेको जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटिले बताए । उनले गणतन्त्र प्राप्त गर्न जनताको बलिदान रहेको भन्दै गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिए । जनताको चाहनाले देशमा धेरै परिवर्तनहरु भएको बताउँदै राजनीतिक दलहरु जनताको चाहना अनुसार अगाडि बढ्न आवश्यक रहेको प्रमुख जिटिको भनाई थियो ।
कार्यक्रममा जिससका उपप्रमुख खड्कराज सुवेदी, पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुल्सीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिग्राम शर्मा, नेपाली सेनाका सेनानी पुरुषोत्तम कार्की साथै सम्पुर्ण सरकारी कार्यालयका, निजामती कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

यसैबीच , गणतन्त्र दिवसकै अवसरमा मंगलबार स्याङ्जा कारागारमा रहेका १४२ जना कैदीबन्दी र स्याङ्जा अस्पतालमा उपचाररत २१ जना बिरामीहरुलाई पुतलीबजार नगरपालिकाले फलफूल वितरण गरेको थियो ।
त्यस्तै, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जा कारागारमा रहेका कैदीबन्दीहरुको लागी एक थान सिलाई मेसिन हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको व्यवस्थापनमा बुधबार स्याङ्जा कारागारमा रक्तदान कार्यक्रम गरि २० युनिट रक्त संकलन गरि ब्लड बैंकमा राखिएको छ भने पुतलीबजार -१ स्थित लक्ष्मीकृष्ण सेक्युरिटी प्रा.लि.द्वारा रक्तदान गरेका २० कैदीबन्दीलाई फलफूल वितरण गरिएको थियो ।

यसैगरी, स्याङ्जा चेम्बर अफ कमर्शको व्यवस्थापनमा पुतलीबजार -१४ स्थित चण्डीकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीहरुलाई आवश्यक खाद्यान्न सामाग्रीहरु वितरण गरिएको थियो ।

बुधबार साँझ डिभिजन वन कार्यालय स्याङ्जाको व्यवस्थापनमा पुतलीबजार -१ स्थित मालेबगरमा वृक्षारोपण गरि गणतन्त्र दिवस २०८१ लाई सम्पन्न गरिने छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु