पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पाण्डेले शपथ पनि आजै लिने तयारी गरेका छन् । प्रदेश प्रमुख कार्यालयले सबै तयारी पूरा गरिसकेको छ ।
सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न भनेको थियो । प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीका अनुसार अदालतकाे फैसला कार्यान्वयन गर्नू भन्ने पत्र प्रदेश प्रमुखको कार्यालयमा आज मध्यान्ह मात्र विद्युतीय माध्यममार्फत् आइपुगेको हो ।

पत्रकार प्राप्त भएपछि प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आदेशनानुसार पत्र प्राप्त भएको ४८ घण्टाभित्र प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने थियो ।
फैसला सोमबार अबेर आएको र मंगलबार गणतन्त्र दिवस, सार्वजनिक बिदा भएकाले पत्र ढिला आइपुगेको बताइन्छ । पाण्डेले अब शपथ गरेपछि संविधानको धारा १६८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।
१६८ को ३ अनुसार बन्ने कांग्रेस सरकारलाई बहुमत पुग्न भने कठीन छ । कांग्रेसको २७, स्वतन्त्र सांसद मनाङेको १ र राप्रपाको २ गर्दा ३० मत हुन्छ । असार १६ भित्र ३१ सांसद आफ्नो पक्षमा पुर्याउन नसकेमा पाण्डे स्वतः पदमुक्त हुन्छन् । त्यसपछि संविधानको धारा १६८ (५) अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला