पोखरा । निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशमा भर्खरै बनेको सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि सहभागी नहुने भएको छ ।
राप्रपाकै कारण एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार ढल्यो र मुद्धा सर्वोच्चसम्म २-२ पटक पुग्यो ।
अधिकारी सरकार ढलेर कांग्रेस संसदीय दलका नेता पाण्डेले धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबै भन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका छन् ।
स्रोतका अनुसार नवनियुक्त मुख्यमन्त्री पाण्डेले राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङलाई उर्जा मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर राप्रपाको केन्द्रीय नेतृत्व तत्काल सरकारमा जान तयार भएन ।
राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले कांग्रेसको नेतृत्वमा बनेकाे गण्डकी प्रदेशको सरकारमा पनि तत्काल सहभागी नहुने भन्दै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने आधार बनेमा विश्वासको मत दिन भने सक्ने बताएकाे समाधानले लेखेको छ ।
मनाङेले ३० पुग्नेलालाई ३१ पुर्याउन मात्र सघाउने
गण्डकी प्रदेश सभामा स्वतन्त्र जितेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिएकाे मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन् ।
स्रोतका अनुसार मुख्यमन्त्री पाण्डेले आजै आफूसँगै मनाङेलाई पनि उनकै रोजाइको मन्त्रालय भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग मन्त्रालय कै जिम्मेवारी दिएर भए पनि सपथ खुवाउन चाहेका थिए ।
मनाङे निकट स्रोतले भन्यो–दाइलाई प्रस्ताव आएको हो, तत्काल आउन्न भनिदिनु भयो ।
मध्यावधितर्फ धकेलिन नदिन भने मनाङेले जसलाई पनि सहयोग गर्न सक्छन् । तपाईहरु ३० पुग्नुहोस्, ३१ पुर्याउन आउछु भनेर दाइले जवाफ दिनु भएकाे छ–स्रोतले भन्यो ।
पाण्डेले विश्वासको मत पाउने बेलामा ३० जना सांसदको समर्थन पुर्याए भने मात्र मनाङेले उनलाई साथ दिने नत्र सरकारमा सहभागी नहुने रणनीति अपनाएका छन् । यही रणनीति अनुसार पूर्व कार्यकालमा पनि उनी ३ बर्ष बढी मन्त्री भइरहे । यसपटक पनि पालैसँग मन्त्री भइरहेका छन् । उनकाे भाउ खेलकुद मन्त्रालयबाट भौतिक मन्त्रालय तर्फ उक्लिसकेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’