पोखरा । गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिकै भोलिपल्ट प्रदेश सभाको बैठक बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गरी जेठ १७ गते बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने भएकाले उपस्थितिका लागि सदस्यहरुलाई आग्रह गरेको छ ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको आग्रह अनुसार नै प्रदेश सभाको बैठक डाकिएको सचिवालय स्रोतले जनाएको छ । समय कम रहेकाले मुख्यमन्त्री हुनु अगावै उनले निर्देशन दिएको बुझिन्छ । बजेटको सिद्धान्त र प्राथमिकता र प्रस्तुत गर्नका लागि प्रदेश सभाको बैठक डाकिएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक भने बिहीबार बिहान नै बस्ने भएको छ ।
जेठ १५ गते दिनको १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएकासम्मका लागि स्थगित भएको थियो । यसअघि प्रदेश सभाको बैठक जेठ ११ गते बसेको थियो । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्न भनेर बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल कांग्रेस र विपक्षी दल राप्रपाका सांसद अनुपस्थित भएपछि ५ मिनेट बसेर स्थगित भएको थियो ।
सामान्य अवस्थामा बजेट पेस हुनुभन्दा १५ दिन अगावै बजेटको प्राथमिकता र सिद्धान्त सदनमा पेस गर्नुपर्ने हुन्छ । प्रदेशको बजेट असार १ गते ल्याउनुपर्ने प्रावधान छ । तर राजनीतिक उथलपुथलले प्रदेशको बजेट अलपत्र परेको अवस्था छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु