पोखरा । नेकपा (एमाले) पोखरा पोखरा महानगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा (एमाले)ले ७५३ स्थानीय तहमा नै पालिका कमिटी गठन गरेको थियो ।
नेकपा (एमाले) पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनका लागि वडा, जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।
११६ सदस्यीय आयोजक कमीटी, ४८ सदस्यीय सल्लाहकार समिति, वडा कमीटी २९६ ,जनवर्गीय संघठनबाट ३७ गरीसमेत गरी कुल ४९७ जना प्रतिनिधि रहनेछन् ।
जेठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उदघाटन नेकपा (एमाले)का केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । त्यसपश्चात बन्द सत्रका कार्यक्रमसमेत पोखरा सभागृहमा सञ्चालन हुने छन् ।
कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पोखरा झल्किने लोगोमा नेकपा (एमाले) को पार्टीको झण्डा, चुनाव चिन्ह, माछापुच्छ«े हिमालको दृश्य समावेश गरीएको छ ।
नेकपा (एमाले) पोखरा महानगर अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव १/१ जना, उपसचिव २ जनासहित १०१ जना छनोट हुने नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले जानकारी गराएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु