सिंह शार्दूल गुल्म आँधिखोला ब्यारेक स्याङ्जाद्वारा बिरुवा गाउँपालिकामा आयोजित नि: शुल्क स्वास्थ्य शिविरमा करिब ७०० जना नागरिकहरु लाभान्वित भएका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -३ स्थित नेपाली सेनाको आँधिखोला ब्यारेकले स्वास्थ्य कार्यालय स्याङ्जा, स्याङ्जा अस्पताल, भिरकोट स्वास्थ्य चौकी र बिरुवा गाउँपालिकाको समन्वय, सहयोग र सहकार्यमा दुई दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको ब्यारेकका सेनानी पुरुषोत्तम कार्कीले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा रहेका नागरिकको स्वास्थ्य परिक्षणका लागि बिरुवा गाउँपालिका -८ मेथाभुरुङ स्थित भिरकोट स्वास्थ्य चौकीमा जेठ १६ र १७ गते ३ नं बाहिनी अड्डा र ३ नं फि.ए. गुल्म नेपाली सेनाको सहकार्यमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सेनानी कार्कीले बताए ।
उक्त स्वास्थ्य शिविरमा नेपाली सेनाको सैनिक अस्पताल पोखरा र ३ नं फि.ए. गुल्मबाट साथै स्याङ्जाका स्वास्थ्य कार्यालयहरुबाट खटिएका विशेषज्ञ चिकित्सकहरुद्वारा परिक्षण एवं उपचार गरिएको थियो ।
दुई दिने नि: शुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी, ब्लड प्रेसर, मधुमेह, ग्यास्ट्राइटिस, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटी, आँखा, पेट, छाती तथा मुटु रोग, छाला तथा यौन रोग, नशा रोग र दन्त चिकित्सक सेवाको साथै प्रकोपजन्य रोगका ६७८ जना नागरिकको परिक्षण तथा उपचार गरिएको सेनानी कार्कीले जानकारी दिए ।

सेनानी कार्कीका अनुसार स्वास्थ्य शिविरको पहिलो दिनमा १६३ जना महिला, ५६ जना पुरुष तथा २० जना बालबालिका र दोस्रो दिन १९४ जना महिला, ९५ जना पुरुष साथै १५० जना बालबालिका गरि जम्मा ६७८ जना नागरिक स्वास्थ्य सेवाबाट लाभान्वित भएका थिए । स्वास्थ्य शिविरमा धेरै नागरिकहरुलाई लाभान्वित गराउन सकिएकोमा शिविर अति नै प्रभावकारी रहेको सेनानी कार्कीले बताए ।
उक्त स्वास्थ्य शिविरमा पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष पौड्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल प्रहरीका उपरीक्षक शालिग्राम शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जाका उप- निर्देशक सुशान्त बराल, सशस्त्र प्रहरी बलका नायब उपरीक्षक देवराज जोशी, बिरुवा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु लगायत नागरिकहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्